२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनका लागि बुधबारसम्म २६ हजारको आवेदन, अधिकांशकाे राेजाइ सङ्घ



अ+ अ-

काठमाडौँ – कर्मचारी समायोजनका लागि बुधबारसम्म २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।

यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले अनलाइन फारम भर्न खुला गरेकाे थियाे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले फाराम भरेका मध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार रहेकाे जनाएकाे बताउनुभयाे ।

छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् ।

तर, भाराम भरेका मध्ये अधिकांश कर्मचारीले प्रदेश र स्थानीय निकायभन्दा केन्द्र अर्थात सङ्घ नै राेजेका छन् । सरकारका लागि कर्मचारीकाे याे राेजाइले थप समस्या सिर्जना हुने देखिएकाे छ ।

कर्मचारीका संघसंस्थाले यसअघि नै सरकारकाे निर्णय जबर्जस्ती ल्याइएकाे र त्यसले समस्याकाे समाधान निकाल्न नसक्ने बताएका छन् । उनीहरू अान्दाेलनकाे मनस्थितिमा रहेका छन् ।

यसबीच संघीय मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले विज्ञप्ति निकाली कर्मचारीलाइ सामाजिक संजालमा जथाभावी प्रतिकृया नदिन चेतावनी दिनुभएकाे छ । विज्ञप्तिमा सामाजिक संजालमा प्रतिकृया जनाउने कर्मचारीकाे विवरण मन्त्रालयले संकलन गरिरहेकाे र त्यस्ता कर्मचारीमाथि विभागीय कारबाही गरिने बताइएकाे छ ।