२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



अ+ अ-


काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मङ्गलबार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–२७ जमलमा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको पहिचान नखुलेको प्रहरीले आज जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान डेरा गरी बस्ने धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बानियाँको कोठाबाट मङ्गलबार करीब रु एक लाख ५० हजार बराबरको सुनका गरगहना चोरी भएको छ । काठमाडौँ बस्दै आएका सोलुखुम्बुका सञ्जीव गुरुङको कोठाबाट करीब रु एक लाख छ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले आज जानकारी दिएको छ ।
रासस




भर्खरै