२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारका कैदीबन्दी आयमूलक काममा



अ+ अ-

ललितपुर । नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् ।

झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताउनुभयो ।

कैदीबन्दी पटक÷पटक सरुवा भइरहने हुनाले बाहिरका व्यवसायीले कच्चापदार्थमा धेरै लगानी गर्न चाहँदैनन् । कारागारभित्रै कुनै पनि व्यवसाय छैन र तालीम पनि पर्याप्त छैन । उहाँले भन्नुभयो, “एक वर्षमा रु एक दुई लाखको तालीमले मात्रै उनीहरूलाई दक्ष पनि बनाउँदैन ।”

कारागारमा रहेका कैदीबन्दीले अहिले पोते उन्ने, मुढा बनाउने, सिलाइ गर्ने, सारीमा पिको गर्ने काम गरिरहेका छन् । सीप भएका कैदीबन्दी आफैँले फर्निचर खोलेर काम गरिरहेको उहाँले बताउनुभयो । कारागारको पुनःनिर्माण भइरहँदा त्यो काममा पनि भित्रकै कैदीबन्दी लागेका छन् । उहाँले भन्नुभयो, “अझै धेरै किसिमका काम ल्याउने हो भने धेरैलाई संलग्न गराउन सकिन्छ ।”

कारागारका कैदीबन्दी काममा संलग्न भइरहँदा उनीहरू र कारागार दुबैका लागि राम्रो हुने कारागार प्रशासनले जनाएको छ । यहाँका धेरै कैदीबन्दी काममा संलग्न हुँदा उनीहरूसँग खाली समय हुँदैन र झैझगडाको सम्भावना कम हुन्छ ।




भर्खरै