२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय प्रमुख नहुँदा समस्या



अ+ अ-

बेझाड । पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन छ । कार्यालय प्रमुख नहुँदा कृषि र पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् ।

गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महीनाका लागि काजमा अध्ययन बिदामा हुनुहुन्छ । अहिले कृषि शाखा आठ महीनादेखि कार्यालय प्रमुखविहीन छ । त्यस्तै पशु शाखा डेढ महीनादेखि प्रमुखविहीन छ । कार्यालय प्रमुख तुलसीराम काफ्ले यहाँबाट सरुवा भएर स्याङ्जाको भीरकोट नगरपालिकामा गएपछि उक्त शाखा प्रमुखविहीन भएको हो ।

प्रमुखविहीन हुँदा कृषि तथा पशुका कार्यक्रम अगाडि बढ्न सकेका छैनन् । गाउँपालिकालाई दूध, मासु र आलुमा आत्मनिर्भर बनाउने योजना अलपत्र परेको छ । “कर्मचारी अभावमा उद्देश्यअनुसार काम गर्न कठिनाइ भएको छ,” गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भन्नुभयो, “केही समय कृषि ज्ञान केन्द्रका प्राविधिक आउने जाने गर्नुहुन्थ्यो, हिजोआज उहाँ पनि आउनै छाड्नुभयो, स्थानीय तहमा कर्मचारी पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ ।”

गाउँपालिकाको वडा नं २ को फोक्सिङकोट र वडा नं ५ को ताहुँमा एक÷एक कृषि र पशु स्वास्थ्य प्राविधिक खटिएका छन् । वडा नं ३ पिपलडाँडामा एक कृषि प्राविधिक मात्र कार्यरत छन् । अन्य वडामा प्राविधिक नहुँदा वडाका कृषि र पशुका कार्यक्रमसमेत प्रभावित बनेको छ । गाउँपालिकाले कृषि र पशु क्षेत्रमा १४ प्रतिशत रकम विनियोजन गरेको छ । रासस




भर्खरै