२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र ट्रक ठोक्किँदा १९ यात्रु घाइते



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना राति ११:२५ बजे भएको हो ।