२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीसंग झुक्यो ओली सरकार, माग सम्बोधन हुने



अ+ अ-

काठमाडौं। समायोजनसम्बन्धी निजामती कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकार लचक भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच छलफल भएको थियो । मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारीले उठाएको माग सम्बोधन गर्ने जानकारी दिएको खबर नयाँ पत्रिकामा छापेको छ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले समायोजनसँग सम्बन्धित जटिलता र अन्योल हटाउनेबारे आइतबार छलफल भएको बताए । कर्मचारीहरूले अध्यादेशमा देखिएका अन्योल र जटिलता प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न माग गरेका थिए । यस्तै, वृत्तिविकासलगायतका सुविधा संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने बताएका थिए ।

सचिव थपलियाले मागका सन्दर्भमा विभागीय मन्त्री र आवश्यकतानुसार प्रधानमन्त्रीसँग समेत छलफल गरेर पुनः वार्तामा बस्ने जानकारी दिए ।