२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए



अ+ अ-
AFP

इजिप्ट – पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो ।

बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारेको थियो । इजिप्टका पिरामिडहरु रहेको गीजा शहर पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो । इजिप्टको गृह मन्त्रालयले गीजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा आतङ्ककारीहरुले सरकारी निकायहरु, पर्यटकीय संस्थाहरु र चर्चमा आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । “राष्ट्रिय सुरक्षा निकायहरुले आतङ्कवादी हमला हुने सूचना पाएका थिए । उनीहरुको मुख्य निशाना पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थना स्थलहरु रहेका थिए ।”

एउटा सुरक्षा स्रोतका अनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपी, बम आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । पर्यटकमाथि लक्षित गरिएको सन् २०१७ पछिको यो पहिलो आक्रमण हो ।

पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कदै गर्दा आक्रमणमा परेका थिए ।

जुलाई २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा दुई जना जर्मन पर्यटकलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

त्यस्तै अक्टोबर २०१५ मा इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकूको आक्रमणबाट सिनाई प्रायःद्वीपमा २२४ जना यात्रुको ज्यान गएको थियो ।




भर्खरै