२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास बैंक र फाइनान्स कम्पनीका लागि नयाँ नियम, प्रदेशमा जाने बाटाे खुल्याे



अ+ अ-
काठमाडाैंः नेपाल राष्ट्र बैंकले क्षेत्रीय रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक संरचनामा लैजान नयाँ व्यवस्था ल्याएको छ ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक रुपमा सञ्चालनका लागि चुक्ता पुँजी निर्धारण गरेको हो ।
प्रादेशिक विकास बैंकका लागि १ अर्ब २० करोड र फाइनान्सको लागि ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । तोकिए बमोजिमको चुक्ता पुँजी पूरा नगरेसम्म हाल कायम रहेका जिल्लाहरुमा सीमित रही कारोबार सञ्चालन गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

अहिले एक भन्दा बढी प्रदेशमा शाखा सञ्चालनमा रहेका वित्तीय संस्थाले एउटै प्रदेशमा सीमित गर्नुपर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले २०७७ असारसम्मको समयसीमा दिएको छ ।
अर्को प्रदेशमा रहेको शाखा बन्द वा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा बिस्तार गर्न पाइने छैन । चुक्ता पुँजी पूरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ ।