२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार झमककुमारीलाई सम्मान गरिने



अ+ अ-

विराटनगर : राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनकुटाकी साहित्यकार घिमिरेलाई रु १६ हजार १११ सहित स्व किशोरी खतिवडा स्मृति पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिइयो ।

यही पुस १४ गते हुने संस्थाको २० औँ वार्षिक साधारणसभामा उहाँलाई सम्मान एवं पुरस्कृत गर्नेछ । यसैगरी सभामा रु १० हजार राशीको स्व दधिराम दाहाल स्मृति पुरस्कारबाट जनप्रतिनिधि ताराबहादुर काफ्लेलाई पुरस्कृत गरिनेछ । यसैगरी विसं २०७४ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छ जना शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कारले सम्मान गर्ने संस्थाका अध्यक्ष जीवन काफ्ले जानकारी दिनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध रहेका नेपालभरी ६८ जिल्लामा शाखा रहेको सो संस्थामा २० हजार शेयर सदस्य रहेका छन् । संस्थामा नेपालीभरी शेयर सदस्यको दुई अर्ब बराबरको पूँजी रहेको छ ।

विसं २०५० मा स्थापना भएको मोरङ शाखामा ६१८ महिलासहित सहित एक हजार ५५७ शेयर सदस्य छन् । संस्थाले गत वर्ष रु दुई करोड ८५ लाख ८८ हजार ३०० आम्दानी गरेको थियो ।