२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काहाँ–काहाँ पाइन्छ भाडामा गर्लफ्रेन्ड ? अनि के–के गर्न पाइन्छ त ?



अ+ अ-

भाडामा गर्लफ्रेन्ड (प्रेमिका) पाइन्छ भन्दा पत्याउन मुस्किल पर्ला । तर, यो सत्य हो । पश्चिमा देशहरूमा किशोर–किशोरी तथा युवा–युवतीमा प्रेमी–प्रेमिकाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखेर भाडामा गर्लफ्रेन्ड उपलब्ध गराउन थालिएको छ ।

यस्तो अनौठो खबर चीनको हो । जहाँ मात्रै २० रुपैयाँमा सुन्दरी गर्लफ्रेन्ड सजिलै भाडामा पाउन सकिन्छ । र, यस्तो अचम्मको सुविधा चीनको गुआंगडोंगस्थित एक स्टोरमा मात्रै छ ।

खबरअनुसार सो स्टोरमा उमेर पुगेका सुन्दर युवती ग्राहकको पर्खाइमा बसेका हुन्छन् । जहाँ जो कोही पुरुष गएर छानी–छानी मात्रै २० रुपैयाँमा गर्लफ्रेन्ड लिएर जान सक्छन् । तर, उसले २० रुपैयाँमा मात्रै २० मिनेटका लागि गर्लफ्रेन्ड लैजान पाउँछ । पछि फिर्ता गर्नुपर्छ ।

अब केही रुपैयाँमा पाइने गर्लफ्रेन्डसँग के–के गर्न पाइएला भन्ने पनि तपाईंलाई लाग्ला । २० मिनेटसम्मका लागि पाइने यस्ता भाडाका गर्लफ्रेन्डलाई नजिकैको बगैंचा तथा पार्कमा लिएर घुम्न, गफगाफ गर्न सकिन्छ । सपिङ गराउने इच्छा भए त्यो पनि गर्न सकिन्छ ।

त्यत्ति मात्रै हैन, यदि तपाईं भाडाकी गर्लफ्रेन्डसँग विशेष डेट गर्न चाहनुहुन्छ वा खाना खान चाहनुहुन्छ भने ती सबैका कामका लागि मात्रै २० मिनेट समय हुन्छ । यदि ढिला भएको खण्डमा तपाईंलाई स्टोरले मिनेट गनेर थप पैसा तिराउँछ ।

तर, यस्ती गर्लफ्रेन्डलाई तपाईंले छुन वा चुम्बन गर्न वा अंकमाल गर्न भने पाउनुहुन्न । सोही स्टोरमा युवतीका लागि ब्वाइफ्रेन्डसमेत भाडामा उपलब्ध गराइन्छ । ऐजेन्सी




भर्खरै