२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहान अस्पताललाई सुविधायुक्त बनाइने



अ+ अ-

लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो ।

बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गर्नुभयो ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिनुहुँदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिनुभयो । अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उहाँको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराउनुभयो ।

यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले आजै बिहान लहान नगरपालिका–३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गर्नुभयो । रासस




भर्खरै