२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र युनाइटेडको सानदार जित, चेल्सीको जितमा हजार्ड नायक



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा वाटफोर्डलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको थप समयमा चेल्सीका लागि हजार्डले गोल गर्दै चेल्सीलाई १–० अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा नै वाटफोर्डका रोबेर्टोले गोल गर्दै खेललाई बराबरी ल्याएका थिए ।

तर खेलको ५८औं मिनेटमा हजार्डले पेनाल्टीबाट अर्को गोल थप्दै चेल्सीलाई २–१ गोलको जित दिलाएका हुन् ।

म्यान्चेस्टर युनाइटेडले हडर्सफिल्डलाई ३–१ ले हरायो

इंग्लिस प्रिमियर लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३–१ गोलअन्तरले पराजित गर्न गरेको छ ।

बुधबार राति नै भएका अन्य खेलमा एभर्टनले बर्नेलीलाई ५–१ गोलअन्तरले पराजित गर्दा आर्सनल ब्रिगटोनसँग १–१ गोलको बराबरीमा रोकिएका छन् ।

त्यस्तै, फुलहृयाम र वोल्भ्सले १–१ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र कार्डिफ सिटीले भने गोलरहित बराबरी खेलेका छन् ।