२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा सुधारको खाँचो



अ+ अ-

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेका तीन वटा मदरसा अहिले अत्यन्त नाजुक अवस्थामा पुगेका छन् ।

ती मदरसालाई अन्य मदरसामा विलय गर्नुपर्ने वा खारेज गर्नुपर्ने स्थानीयवासीको माग छ । गाउँपालिकामा रहेका कुल १७ मदरसामध्ये पाँच मदरसामा सुधारको खाँचो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।

नाजुक अवस्थामा रहेका ती मदरसाको भौतिक, शैक्षिक तथा अन्य पूर्वाधारको अवस्था सुधारका लागि हदैसम्मको प्रयास गरिने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाइ छ ।

“हामी यही आर्थिक वर्षभित्र मदरसाको सुधारका लागि योजना बनाएर अघि बढ्छौँ, त्यसका लागि जिल्ला शिक्षा समन्वय समितिसँग समन्वय र सहकार्यको प्रयास गरिनेछ”, अध्यक्ष कक्षपतिले भन्नुभयो । मदरसाको शैक्षिक स्तरोन्नति गर्न स्पष्ट मदरसा शिक्षा नीति आवश्यक रहेको बताउँदै अध्यक्ष कक्षपतिले विद्यार्थी सङ्ख्या नभएका गाउँपालिका क्षेत्रका मदरसालाई शैक्षिक अनुदान पनि दिन नसकिने बताउनुभयो ।

विशेषतः मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसाको अवस्था सुधारका लागि सरोकारवाला पक्षबीच सहमति र ठोस योजना हुनुपर्ने गाउँपालिकाको ठहर छ । रासस