२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलले देशभरका युवालाई रोजगारी दिने



अ+ अ-

भक्तपुर । नेपाल तरुण दलका महासचिव एवं नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी अभियान शुरु गर्न लागेको बताउनुभएको छ ।

आज मध्यपुरथिमि राधेराधे चोकमा आयोजित कार्यक्रममा उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरु गर्ने भएको बताउनुभयो । महासचिव शाहीले भन्नुभयो, “आगामी माघ महीनादेखि उपत्यकालगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान शुरु गर्न लागिएको छ, यसका लागि देशका सफल र ठूला उद्योगी व्यवसयीसँग तरुण दलले छलफल गरिरहेको छ ।” पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उद्देश्य छ । उहाँले व्यवसायमा सफल हुने सूत्रसहित युवालाई उद्यम र व्यवसायमा लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवा आफैँ व्यवसायी बन्न थालेका छन्, युवा आफैँ उर्जनशील भएर काम गर्नु सबैको लागि प्रेरणादायी हो ।” उहाँले नेपाली काङ्ग्रेसको महासमिति बैठकले काङ्ग्रेस पार्टीभित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउँदै काङ्ग्रेस अब एक ढिक्का भएर अगाडि जाने बताउनुभयो ।

सो अवसरमा महासचिव शाहीले युवा व्यवसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु ४० लाखको लगानीको बर्गर हाउसको शुभारम्भ गर्नुभयो । हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न लागेको बताउनुभयो । रासस