२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गर्नुभयो । “लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर पत्रकारले शक्तिमा रहेकालाई खबरदारी गर्न र आवाजविहीनका आवाजलाई उजागर गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “ठूलो हैसियतका व्यक्तिलाई मात्र समाचारमा प्राथमिकता नदिई कर्णालीका मुख्य समस्यालाई पनि उजागर गर्नुपर्छ ।”

मन्त्री ज्वालाले दुर्गम कर्णाली क्षेत्रको विकासका लागि प्रादेशिक सरकारको हेलिकप्टर र हवाइजहाज पनि आवश्यकता भएको जानकारी दिँदै मन्त्री ज्वालाले प्रदेश सरकार र पत्रकार मिली अब कर्णालीको परिचय दिनुपर्ने र प्रदेशको गरीबी, भोकमरी र व्याप्त अन्यायविरुद्ध लाग्न सबै एकबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले मोफसलका पत्रकारले कर्णालीका मुख्य समस्या र विषयलाई नै समाचारमा पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जिम्मेवार, स्वच्छ र तथ्यगत पत्रकारितामा कर्णाली प्रदेश सधैँ अगाडि हुनुपर्ने बताउँदै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिता नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले छुट्टै टेलिभिजन र रेडियो स्थापना नगरी राससलाई नै स्रोत तथा साधन सम्पन्न बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै राससले निकट भविष्यमा नै भिडियो सेवा पनि शुरु गर्ने जानकारी दिनुभयो । रासस