२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा गभर्नरको मृत्यु



अ+ अ-

सोमबार हेलिकप्टर दुर्घटना हुँदा गभर्नर र उहाँका श्रीमान् सहित एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उहाँकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिनुभयो ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो । उहाँ पुब्लाको पहिलो महिला गभर्नर हुनुहुन्थ्यो । उहाँका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर हुनुहुन्थ्यो । रासस