२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताउनुभएको हो ।

जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उहाँले यसअन्तर्गतका सात विभागमध्ये तीनवटामा विभागीय प्रमुख र आवश्यकताअनुसार कर्मचारी छैन भन्नुभयो । कर्मचारी अभावले बजेट कार्यान्वयन, अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो । रासस