२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा ७८ हजार रूपैयाँ राख्दा ७८ लाख आएपछि…..



अ+ अ-

काठमाडौं । बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसँग ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

नयाँपत्रिका दैनिकका अनुसार बैंक ठगीको आरोपमा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबीले पक्राउ गरेको हो। एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर खर्च गरेको खुलेको हो।

गतवर्ष श्रेष्ठले वाणिज्य बैंकको न्युरोड शाखामा खाता खोलेका थिए। सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरे त्यसरी पैसा ट्रन्सफर गर्दा अचम्मै भयो, रुपैयाँमा जम्मा गर्दा सिधै डलर भयो। बैंकको कोर बैंकिङ सिस्टम ९सीबीएस०ले राम्ररी काम नगर्दा यस्तो भएको थियो तर, बैंकले चालै पाएन। यो खबर आजको नयाँ पत्रिकामा छ।