२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ



अ+ अ-


काठमाडौँ । अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तक्र्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानले जानकारी दिनुभयो ।

उक्त महोत्सव यही पुस १५ गते मेलबर्न, २१ र २२ गते सिड्नी, २६ गते ब्रिसबेन तथा २८ गते एडिलेडमा कार्यक्रममा हुनेछ । एडिलेडमा हुने कार्यक्रममा भने नेपालका तीन खेलाडीसहित अष्ट्रेलियाका विभिन्न क्लबको खेलाडीसँग टि ट्वेन्टी सिरिजको क्रिकेट प्रतियोगितासमेत हुनेछ ।

‘सबै मिलेर नेपाली क्रिकेटको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा रहेको उक्त महोत्सवमा अष्ट्रेलियमा रहेका अन्य खेलाडीसँग पनि क्रिकेट खेलबारे छलफल गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले यस किसिमको महोत्सवले क्रिकेट खेलको विकास हुनाका साथै खेलाडीमा समेत हौसला मिल्ने बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेको ब्राण्ड एम्बेस्डरसमेत रहनुभएका कप्तान खड्कासहितको तीन सदस्य टोली आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ । रासस