२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य डिपोमा चामलको घटेन



अ+ अ-


जाजरकोट । बारेकोट गाउँपालिका– ९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुग्नुभयो । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले उहाँ स्थानीय बजारतर्फ लाग्नुभयो ।

स्थानीय बजारबाट प्रतिकेजी रु ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताउनुभयो ।

अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको सङ्ख्या ठूलो भए पनि महङ्गो परेकाले बिक्री हुन सकेको छैन । चामलको मूल्य घटे पनि दुर्गम गाउँमा पुरानै मूल्यमा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो
बजारमा पाइने मोटो चामल प्रतिकेजी रु ५४ मा बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारकोभन्दा महङ्गो हुनाले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल थन्किएको छ ।

मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताउनुभयो । दुर्गमका बासिन्दालाई मूल्य घटेको थाहा नहुने भएकाले डिपोले मनपरी गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताउनुभयो ।

त्यस्तै सदरमुकाममा पनि जापानबाट ल्याइएको चामल महङ्गो भएकाले बिक्री हुन सकेको छैन भने चौखा डिपोमा चामल नै पठाइएको छैन । रासस