२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको हत्यारा समाईदिन संयुक्त राष्ट्र संघलाई आग्रह



अ+ अ-


काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई हस्ताक्षर संकलन गरी बुझाईएको छ ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले निर्मलाको हतया भएको १५० दिन पुगिसक्दा पनि सरकार र प्रशासनले हत्यामा संग्लगन रहेको हत्यारालाइ समात्न नसकेको भनेर सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् ।

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आहृवान गर्दै हस्तक्षार अभियान संकलन गरेका थिए ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एकसातादेखि हस्ताक्षर संकलन गरेका थिए ।