२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट



अ+ अ-

चितवन । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।

आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।

त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सातजना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुईजना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, लङ टेनिसमा एकजना पुरुष, टिआइएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्ट्याक्ट कराँतेमा चारजना महिला तथा छ जना पुरुष छनोट भएको ढकालले बताउनुभयो । जिल्लास्तरीय छनोट सकिएपछि प्रदेशस्तरीय खेलकूदको लागि तयारी भइरहेको उल्लेख गर्दै चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले चितवनमा समेत चार खेलको छनोट हुने बताउनुभयो ।

लामाका अनुसार चितवनमा उसु, तेक्वान्दो, ब्याटमिन्टन र एथलेटिक्सको प्रदेशस्तरीय छनोटको खेल हुनेछ । जिल्लामा हुने प्रदेशस्तरीय छनोटका खेल भरतपुरको गेष्टहाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछन् । रासस