२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको सामागाउँ जङ्गलमा भिषण आगलागी



अ+ अ-

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताउनुभयोे । “अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौँ तर कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कति क्षेत्रफल जङ्गलमा आगलागी भयो भन्नेबारे पनि यकिन पनि गर्न सकिएको छैन । ”

आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस