२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २६ देखि पर्यटन मेला



अ+ अ-

गलेश्वर । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ ।

स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्र्धनका विषयमा छलफलसमेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिनुभयो ।

“स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताउनुभयो ।

चार वर्षीय बालकलाई अपाङ्गताको परिचयपत्र

म्याग्दीको मंगला गाउँपालिका–१ कुँहु पूर्णगाउँका एक चार वर्षीय बालकले गाउँमा नै अपाङ्गताको परिचयपत्र प्राप्त गरेका छन् । जन्मजात दुवै खुट्टामा समस्या देखिएपछि आमाबुबाको सहारामा घरको भित्रबाहिर गर्ने गरेका वीरबहादुर अर्मजा चार वर्षको उमेरमा घरदैलोमा नै परिचयपत्र प्राप्त गर्ने पहिलो बालक हुन् ।

मङ्गला गाउँपालिकाले पहिलोपटक शुरु गरेको अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा अर्मजालाई परिचयपत्र दिँदै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । रासस