२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीको उपाधिहोड समाप्त



अ+ अ-


काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिगबाट नेपाल आर्मीको उपाधिहोड समाप्त भएको छ । आइतबार भएको खेलमा अर्का विभागीय टिम एपीएफ क्लबसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

१० औं राउण्डको खेल सकिदा बिभागिय टिम आर्मीको १८ अंक छ । भने लिग लिडर मनाङको ९ खेलबाट २७ अंक जोडेको छ । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्रै बाँकी छ । अब आर्मीको तीन खेल खेल्न मात्रै बाँकी छ ।

पहिलो हाफमा बराबरी खेलेको आर्मीले खेलको ५६औं मिनेटमा गोल खान पुगेको थियो । एपीएफका आशिष लामाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा आशिषले अर्को गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

तर खेलको ८६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ गोलको स्थितिमा पुर्याए पनि आर्मीलाई जितको लागि प्रयाप्त भएन ।