२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा विद्युतीय सूचना पार्टी



अ+ अ-

चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी ९डिजिटल इन्फर्मेशन बोर्ड० निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो ।

सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको रु १० लाख र सङ्घको रु तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको छ । यही पुस ११ गतेबाट शुरु हुने महोत्सवको समयमा बोर्डको उद्घाटन गरिने घिमिरेले जानकारी दिनुभयो । बोर्डमा सौराहा क्षेत्रको पर्यटकीय ठाउँहरू, निकटका पर्यटकीय गन्तव्यहरू, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय, दूरी, ट्राफिक नियमलगायत महत्वपूर्ण सूचनाहरू राखिनेछ ।

सोही बोर्डमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यलाई सरसफाइ राख्नका लागि सार्वजनिक सन्देश पनि राखिने छ । बोर्डलाई सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकताअनुसार सन्देशहरू प्रवाह गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न बर्षेनी दई लाख हाराहारी पर्यटक आउने गर्दछन् । रासस