२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुम्बुवान र तराईमुक्ति मोर्चाले बुझाए हतियार



अ+ अ-

इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ ।

खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।

कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान भरुवा बन्दुक, एक थान पेस्तोल र भरुवा बन्दुकमा लाग्ने गोली र चार थान पेस्तोलमा लाग्ने गोली बुझाएको नेपाल सरकारका वार्ता टोलीका सदस्य सुरेश आलेमगरले जानकारी दिनुभयो । नेपाल सरकारलाई हतियार बुझाएपछि मोर्चाका वार्ता टोली संयोजक खुम्बुले आफू शान्तिपूर्ण राजनीतिकमा आएको बताउनुभयो ।

त्यसैगरी आजै सदरमुकाम इनरुवामा जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह) ले पनि हतियार बुझाएको छ । नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाएको सरकारका वार्ता टोली सदस्य लीला भण्डारीले जानकारी दिनुभयो ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) का वार्ता टोली संयोजक विनोदकुमार यादव भन्ने विवेक यादवले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली सरकारका वार्ता टोली संयोजक पाण्डेलाई बुझाएका हुन् ।

हतियार बुझाउने कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी सुनसरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, नेपाली सेनाका घनश्याम भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग सुनसरीका प्रमुख टीकाप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।