२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा विपद् पूर्वतयारी कार्यक्रमका लागि ९ करोड जापानी सहयोग



अ+ अ-

काठमाडौं – जापानले डोटी जिल्लाको एउटा नगरपालिका र दुईवटा गाउँपालिकाको सामुदायिक तथा विद्यालय विपद् पूर्वतयारीमा सुधार ल्याउन करिब नौ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

उक्त सहयोग सम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र वल्र्ड भिजन जापानका परियोजना व्यवस्थापक नाओमी काटोबीच जापानी राजदूतावासमा शुक्रबार आयोजित समारोहमा हस्ताक्षर भयो ।

नेपालस्थित जापानी राजदूतावासका अनुसार उक्त रकम जापानको आर्थिक वर्ष २०१८ को जापानी गैसस परियोजना कार्यक्रम अन्तर्गत प्राप्त अनुदान हो ।

परियोजनाबाट खासगरी सुरक्षित सिकाई वातावरणमा विद्यार्थीको पहुँच बढाउने, विद्यालय र समुदायमा विपद जोखिम व्यवस्थापन प्रणालीमा सुधार ल्याउने तथा सामाजिक जवाफदेहीता तथा पैरवी प्रयत्न मार्फत विद्यालय सुरक्षासम्बन्धी प्रणाली र नीतिमा सुधार ल्याइनेछ ।

जापानी राजदूतावासले उक्त सहयोगबाट नेपाल र जापानका जनताबीच जनस्तरको सम्बन्ध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको काठमाडौंस्थित राजदूतावासले जनाएको छ ।