२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयंसेवी शिक्षक गजेन्द्र राना सम्मानित



अ+ अ-

काठमाडौँ । ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्न विगत पाँच वर्षदेखि स्वयंसेवी शिक्षकको रूपका कार्यरत गजेन्द्र राना ‘गजेन्द्र सर’ लाई स्वयम्भूस्थित दि एक्सेल्सियर स्कुलले नगद रु।५० हजार सहित सम्मान गरेको छ ।
‘गजेन्द्र सर’ नामले सुपरिचित रानाले सुर्खेतको गुर्भाकोट नगरपालिका १४, गुमीस्थित श्री जनसंयुक्त प्राथमिक विद्यालयमा विसं २०७१ देखि स्वयंसेवी रुपमा शिक्षण गरेको मात्र नभई उक्त विद्यालयलाई एक उत्कृष्ट गुणस्तरीय नमूनाको रुपमा विकास गर्नुभएको छ ।

ग्रामीण क्षेत्रको सरकारी विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा सेवा गरी विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण योगदान पुर्याए बापत उहाँलाई यस विद्यालयका कक्षा तीनका विद्यार्थीहरूद्वारा विद्यालयमा सञ्चालन गरिएको बजार क्रियाकलापबाट उठेको रकमबाट रु। रु पचास हजार नगदसहित सम्मान गरिएको हो ।

उक्त विद्यालयमा आज भएको एक कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेतले सम्मान पत्र प्रदान गर्नुभएको थियो भने कक्षा तीनका विद्यार्थीहरूले सामुहिक रुपमा सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
शिक्षक रानाले पाँच वर्षदेखि सो सामुदायिक विद्यालयमा रही स्वयंसेवी रुपमा पठनपाठन गरी शिक्षाको गुणस्तर सुधार गर्नुभएको छ । रासस