२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरको ढुकढुकी लोकदेउडा लोप हुँदै



अ+ अ-


बाजुरा । सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत, सङ्गीतले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा सङ्कटमा परेको देउडा गायिका सुना विकले बताउनुभयो ।

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीत बजारमा गुञ्जिन थालेपछि देउडाको अस्तित्व नै सङ्कटमा परेको चर्चित देउडा गायक प्रकाश थापाले बताउनुभयो ।

२०५६ मा “सुदूरपश्चिम विकटै भएनी सम्झना छ मैमरी गएनी” बोलको पहिलो देउडा गीत गाउनुभएका थापाले हालसम्म पाँच सय बढी लोकदेउडा गीत गाइसकेको जानकारी दिनुभयो । विश्व बजारमा प्रविधिले एकतर्फीरूपमा विकास गरेपछि देउडा संस्कृति सङ्कटमा पर्दै गएको हो । प्रविधिको कारणले नै सुदूरपश्चिम तथा मध्यपश्चिमको देउडाको अस्तित्व घट्दै गएकाले यसको जगेर्ना गर्न दिनरात लागि परेको सुदूरसाहित्यिक प्रतिष्ठान बाजुराका अध्यक्ष एवं देउडा गायक हर्क खडायतले बताउनुभयो ।

घाँसपात मेला पर्व, छठ, जन्त, बरियाँतमा गाइने भारी खेल, ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समय लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका रिमिक्स गीतले बजार तताइरहँदा देउडा गीत लोप हुँदै गएको बताइएको छ ।
रासस