२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानी दुर्घटनामा १३ जनाको मृत्यु



अ+ अ-

प्राग । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो ।

उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो ।

उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ । रासस