२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर फोर्ने सामान र चोरीका सामानसहित चार पक्राउ



अ+ अ-


काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले चोरी गर्न प्रयोग हुने सामान र चोरीका सामानसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ ।

चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको अनुसन्धानमा खुलेको प्रसाईँले बताउनुभयो । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस