२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका बलात्कारका आरोपित पक्राउ



अ+ अ-

सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ ।

आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । रासस