चितवन। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह नारायणी किनारमा बनाइएको विशेष मञ्चमा हुँदैछ।





महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर ,राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमल थापा सहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी महाधिवेशनलाई शुभकामना दिन भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आइपुगेका छन् ।






(फोटोफिचर)












