२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

टहरामा वडापालिका



अ+ अ-

जुम्ला ।  स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए पनि दुई नगरपालिका र सात गाउँपालिका भाडाको घर वा काठका टहरा निर्माण गरेर भए पनि सेवा प्रवाह गरिरहेका छन् ।

भौतिक संरचना अभावका कारण एउटै भवनबाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि द्विविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलबाट गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
सिजा गाउँपालिका–३ नं वडा काठको टहरा निर्माण गरी कार्यालय सञ्चालनमा रहेको छ । वार्षिक १५ हजार जग्गाको भाडा दिने गरी वडापालिकाले टहरा निर्माण गरी सेवा प्रवाह भइरहेको वडाध्यक्ष तिलाचन्द्र चौलागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “काठको टहरामा वडापालिका सञ्चालन गर्दा यसको सुरक्षा चुनौती छ नै तर पनि नजिकै इलाका प्रशासन कार्यालय र नजिकै प्रहरीचौकी भएकाले खासै समस्या नहोला कि भन्ने छ ।”

साविकको गाविस भवन वडा नं–३ को भवन छ तर त्यसै भवनमा स्थानीय सामुदायिक रेडियो सञ्चालन भएकाले समस्या भएको हो उहाँले भन्नुभयो, “अर्को भवन पायक पर्ने ठाउँमा नभएकाले पनि नराकोट बजारमा टहरा निर्माण गरेर सेवा दिएका छौँ ।

जुम्लाका एक नगरपालिका, सात गाउँपालिका र ६० वडापालिकाका कार्यालय रहेका छन् । चन्दननाथ नगरपालिका आफ्नै भवनबाट सेवा प्रवाह गरिहेको छ भने अन्य सात गाउँ भाडाकै घरमा स्थापना गरिएका छन् ।

त्यसैगरी ६० वडापालिकाकामध्ये २९ वडापालिका साविकका गाविस भवनमा स्थापना गरी सेवा प्रवाह गरिरहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयोे, “केही वडापालिकाका कार्यालय र गाउँपालिकाका कार्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । अन्य ३१ वटा वडापालिका कार्यालय भाडाकै घरबाट चलिरहेका छन् ।” रासस