२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा कौडिको भाउमा पनि बिकेन्न यि खेलाडिहरु



अ+ अ-

जयपुर । विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ ।

भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ । गत वर्ष रोयल्सले नै उनलाई ११.५ करोडमा किनेको थियो । तर यस पटक रिलिज गरेर राजस्थानले ८ करोड ४० लाखमा किनेको छ । वरुण चक्रवतीलाई डेब्यूमै किंग्स इलाभेन पञ्जावले ८ करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो । त्यस्तै इंग्ल्यान्डका युवा अल राउण्डर साम करनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड २० लाख खर्चेको छ ।

अक्षर पटेल, महित शर्मा र शिवम दुबेमाथि समान ५ करोडको मुल्य लाग्यो । अक्षरलाई दिल्ली क्यापिटल्स, मोहितलाई चेन्नइ सुपर किंग्स र दुबेलाई रोयल च्यालेन्जर बेंग्लोरले भित्र्याएका छन् । त्यस्तै १५ वर्षिय प्रयास राय बर्मनलाई १ करोड ५० लाखमा रोयल च्यालेन्चर बेंग्लोरले किन्यो । युवराज सिंह र मार्टिन गुप्टिल अन्तिममा किनिए । युवराज सिंहलाई मुम्बई इन्डियन्स र गुप्टिललाई सनराइज हैदरावादले समान एक करोड खर्चिए । तर आईपीएलमा पहिलो शतक बनाउने न्युजिलयान्डका ब्रेन्डन मक्कुलम देखी यी १५ स्टार खेलाडीलाई भने कुनै टिमले लिएनन् ।

१. ब्रेन्डन मक्कुलम (न्युजिल्यान्ड) आक्रमक ब्याट्सम्यान

२. डेल स्टेन (दक्षिण अफ्रिका) तीब्र गतिका बलर

३. एलेक्स हेल्स (इंग्ल्यान्ड) ओपनर ब्याट्सम्यान

४. सिकन्दर राजा (जिम्बाबे) अलराउण्डर

५. एडम जाम्पा (अष्ट्रेलिया) स्पिनर

६. क्रिस वोक्स (इंग्ल्यान्ड) अलराउण्डर

७. जेसन होल्डर (वेस्टइन्डिज) अलराउण्डर

८. मुफिकुर रहिम (बंगलादेश) विकेटकीपर तथा ब्याट्सम्यान

९. हसिम अमला (दक्षिण अफ्रिका) ओपनर ब्याट्सम्यान

१०. चेतेश्वर पुजारा (भारत)ब्याट्सम्यान

११. शन मार्श (अष्ट्रेलिया) ब्याट्सम्यान

१२. उस्मान खवाजा (अष्ट्रेलिया)ब्याट्सम्यान

१३. क्रिस जोर्डन (इंग्ल्यान्ड) तीब्र गतिका बलर

१४. एन्जेलो म्याथुज (श्रीलंका) अलराउण्डर

१५. कुशल परेरा (श्रीलंका) अलराउण्डर