२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले जिते पाँचौ पटक गोल्डेन बुट, फुटबलमा सकियो रोनाल्डोको चुरीफुरी



अ+ अ-

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेसीले पाँचौ पटक गोल्डेन बुटको अवार्ड जितेका छन्।

लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै मेसीले पाँचौ पटक गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका हुन्।
पाँचौ पटकसम्म गोड्ने बुट जित्ने एक्लो खेलाडी बनेका मेसीले सन् २०१७/१८ को सिजनमा युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बनेका हुन्।

अर्जेन्टिनीनी खेलाडी मेसीलाई मंगलबार गोल्डेन बुट प्रदान गरिएको थियो ।

मेसीपछि युभेन्ट्सकाका लागि पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितिसकेका छन्।
पछिल्लो पटक सन् २०१५/१६ को सिजनमा गोल्डेन बुट जितेका रोनाल्डोले त्यस यता अवार्ड जित्न सकेका छैनन्।

मेसीले जितेका अवार्डहरू
सन् २००९/१० (३४) गोल
सन् २०११/१२ (५०) गोल
सन् २०१२/१३ (४६) गोल
सन् २०१६/१७ (३७) गोल
२०१७/१८ (३४) गोल
मेसीले गत सिजन ला लिगाको ३६ खेलबाट ३४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्।
यस्तै लिभरपुलका सलाहले ३२ गोल गर्दै मेसीलाई पछ्याएका थिए।

यस्तै टोटेनहमका ह्यारी केन सर्वाधिक गोल गर्ने क्रममा तेस्रो नम्बरमा रहे। उनले ३० गोल गरेका थिए।
यस सिजन पनि गोल्डेन बलका दाबेदार मेसीले अहिलेसम्म १६ खेलबाट १४ गोल गरिसकेका छन्। एजेन्सी