२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरररर गुड्ने भो काठमाडौंमा मोनो रेल



अ+ अ-


काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनिसँग भोलि सम्झौता गर्न लागेको हो ।

चाइना रेलवे ग्रुप कम्पनीलाई डीपीआर निर्माण गर्ने जिम्मा दिन लागिएको महानगरपालिका जनाएको छ । बुधबार राष्ट्रिय सभा गृह एक कार्यक्रमको बिच महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुने बताएको छ ।

२७ दशमलब ५ किलोमिटर रहेको चक्रपथ वरिपरी मोनोरेल निर्माणको लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययन टोलिले देखाएको छ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कलंकी, महाराजगञ्ज, र कोटेश्वर गरी तीन खण्डमा हुने बताईएको छ ।