२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको जीवन धराप’मा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”

मन्त्री विष्टले आप्रवासी श्रमिकको मर्यादित र सम्मानित जीवनयापनको विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको उल्लेख गर्दै आप्रवासी श्रमिकको हकतिका पक्षमा सबै राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता ९जिसिएम०ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले १५औँ पञ्चवर्षीय आवधिक योजनामा २५ वर्षीय दीर्घकालीन खाका ल्याउने तयारी गरेको जानकारी दिँदै वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आप्रवासन विश्वव्यापी प्रवृत्तिका रुपमा विकास हुँदै गइरहेकाले यसलाई व्यवस्थित बनाउनुकोविकल्प नभएको बताउँदै “श्रम आप्रवासनका क्षेत्रमा देखिएका समस्या हल गर्दै व्यवस्थित बनाउन सरकारले कानून निर्माण र नीतिगत सुधारको पक्षमा कदम चाल्दै आएको छ”, भन्नुभयो ।

उहाँले भन्नुभयो, गन्तव्य मुलुकसँग भएको श्रम समझदारीलाई द्विपक्षीय श्रम सम्झौतामा परिणत गर्ने तयारी भइरहेको छ ।”

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरोकारवाला सबैको सामूहिक प्रयत्नको खाँचौ औँल्याउँदै वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसायी सुध्रन तयार छन्, सामूहिक प्रतिबद्धता र एजेण्डा तयार गरौँ, विदेशबाट सीप र सभ्यता सिकेर फर्केका युवालाई यही स्वरोजगार बनाउने कार्यक्रम शुरु गरौँ, स्वदेशमै प्रशस्त अवसर भएमा वैदेशिक रोजगारी आफै अन्त्य हुन्छ ।”

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा गएका कामदार तथा तिनका परिवारको अधिकतम् हकहितको रक्षा, सीपयुक्त जनशक्ति निर्माण, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र तुलनात्मक रुपमा बढी लाभदायी बनाउन तथा स्वदेश फर्किएका कामदारलाई सामाजिक तथा आर्थिक पुनःएकीकरणका कार्यक्रममार्फत स्वरोजगार हुने वातावरण सिर्जना गर्न बोर्ड क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा बोर्ड स्थापना भएको एक दशक पुगेको अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो । रासस