२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, फेब्रुअरी १२ देखि खेल शुरू



अ+ अ-

काठमाडौं । युराेपकाे सर्वाधिक ठूलाे फुटबल प्रतियाेगिता च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ ।

स्वीट्जरल्यान्डकाे नियाेनमा भएकाे ड्र साेमबार गरिएकाे थियाे । राउन्ड १६ भनिने यस प्रिक्वाटर खेल पनि हाेम एन्ड अवेका अाधारमा खेलाइने छ ।

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले नेदरल्यान्ड्सको आयक्ससँग खेल्नेछ । यसपटक रियलमा महान खेलाडी क्रिस्टियानाे राेनाल्डाे नभएका कारण स्पेनी लिगमै रियल कमजाेर अवस्थामा छ, तर अन्य टीमकाे तुलनामा अपेक्षाकृत कमजाेर अायक्ससँग खेल्नुपर्ने भएकाले रियललाइ उत्कृष्ट अाठमा पुग्न सहज हुने अनुमान गरिएकाे छ ।

प्रिक्वाटरफाइनलमा यसपटक चारवटा इंग्लिस क्लब पुगेका छन् । इंंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिख प्रतिद्वन्द्वी पाएको छ । प्रिमियर लिगमा कमजाेर प्रदर्शन गरिरहेकाे जाेजे माउरिन्हाेकाे प्रशिक्षणमा रहेकाे म्यान्चेस्टर युनाइटेडसँग फ्रान्सेली लिग बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रतिस्पर्धा हुनेछ । पेरिसमा नेमार र काइलियान एम्बापेजस्ता सर्वश्रेष्ठ खेलाडीकाे कुनै कमी छैन, त्यसर्थ म्यान्यूकाे यात्रा यहीँबाट अन्त्य हुने सम्भावना छ ।

इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा प्रमियर लिग लिडर म्यान्चेस्टर सिटीले जर्मन क्लब साल्के विरूद्ध खेल्नेछ ।  इटालियन क्लब रोमाले पोर्चुगलको पोर्टो विरूद्ध खेल्नेछ ।

सबैभन्दा ठूलाे भिडन्त इटालियन क्लब युभेन्टस र स्पेनी क्लब एथ्लेटिको म्याड्रिडबीच हुनेछ । दुबै टिममा महान हस्तिहरू मैदानमा हुनेछन् । युभेन्टसबाट क्रिस्टियानाे राेनाल्डाे खेल्दैछन् भने एथ्लेटिकाेमा प्लेमेकर एवं अचुक स्ट्राइकर एन्टाेनिन ग्रिजम्यान छन् । याे खेल निकै दर्शनीय हुनेमा शंका छैन् ।

स्पेनी लिग लिडर एवं लियाेनेल मेस्सी जस्ता महान खेलाडीले भरिपूर्ण बार्सिलोनाले फ्रान्सको लियोन क्लब विरूद्ध खेल्नेछ ।

च्याम्पियन्स लिगका खेलहरू फेब्रुअरी १२ बाट शुरू हुनेछन् र १२ मार्चमा समाप्त हुनेछन्, अर्थात एक महिनाभित्र हाेम एन्ड अबेका खेलहरू सम्पन्न हुनेछन् । पहिलाे खेल  फेब्रुअरी १२ मा म्यान्चेस्टर युनाइटेड र पिएसजीबीच हुनेछ ।

च्याम्पियन्स लिगकाे फाइनल खेल २०१९ काे जुन १ तारिखका दिन म्याड्रिडकाे मेट्राेपाेलिटानाे रंगशालामा हुनेछ ।

च्याम्पियन्स लिगकाे राउन्ड १६ काे खेल तालिकाः

 




भर्खरै