२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको ईपीएल यात्रा टुङगियो



अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा साविक विजेता विराटनगर वारियर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलाभेन क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

हारसँगै विराटनगर वारियर्स चितवनसँग नेट रनरेटको अधारमा प्रतियोगिताबाट बाहिरिएको छ । रन रेटले पछाडि परेको चितवन भने प्लेअफमा पुग्न सफल भएको हो । चिवनको नेट रनरेट –०.१८५ हुदा विराटनगरको –०.२५ रहेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.५ ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि सुमित महर्जनले २५, हरिबहादुर चौहानले २२ र कप्तान पारस खड्काले २१ रन बनाएका थिए । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका केभिनले तीन विकेट लिए ।

१०१ रनको सामान्य लक्ष्य पच्छ्याएको काठमाडौंले १७.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । काठमाडौंका लागि केभिन ओब्रिइन अविजित ४५ र प्रदीप साहुले अविजित २१ रन बनाए । बलिङतर्फ कप्तान पारस खड्का र रोइलोफ भान डेर मेर्वेले समान २–२ विकेट लिए पनि जित दिलाउन सकेनन ।

लिग चरणको खेल सकिदा लिगको शीर्ष स्थानमा ललितपुर प्याट्रिएटस र दोस्रो स्थानमा काठमाडौं रहंदै क्वालिफायर राउण्डमा प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि यी दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।