२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मटिहानीमा घण्टाघर बन्दै



अ+ अ-

 

बर्दिवास । महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो ।
अहिले मटिहानीको घण्टाघर निर्माणमा दैनिक ५० भन्दा बढी ज्यामी जुटेका छन् । आउने वर्षको दशैँअगावै ५० फिट अग्लो घण्टाघर निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । घण्टाघर निर्माण काम गत शनिबार शुरु भएको हो ।
मुलुकभरकै सम्पूर्ण गुठी र मठमध्ये मुख्य मठ मानिने लक्ष्मीनारायण मठ, २५० वर्ष पुरानो राजकीय संस्कृत पाठशाला र संस्कृत क्याम्पस९याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ रहेको मटिहानीस्थित लक्ष्मीसागर सीताजीको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिन्छ । यहाँ बन्ने घण्टाघरले नगरको सौन्दर्य वृद्धिमा सघाउ पुर्याउने मटिहानीवासीले बताएका छन् ।

नेपाल भारत सीमाअवस्थित मटिहानी भारतको दरभङ्गा जाने प्रवेश पनि मानिन्छ । भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर, करुणा, बिसौल र गिरिजास्थानसहितका धार्मिकस्थल जानेआउने मुख्य नाका रहेकाले मटिहानीमा निर्माण हुने घण्टाघर दुबै देशका बासिन्दाका लागि गौरवको कुरा हुने लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

घण्टाघर निर्माणमा महोत्तरी उद्योग वाणिज्य सङ्घ, सीमावर्ती भारतीय बजार मधवापुरको व्यापार निगम र भारतीय उद्योगीले पनि सकारात्मक चासो देखाएका छन् । निर्माण थालिएको घण्टाघरमा मिथिला कला, संस्कृति झल्किने चित्र अङ्कित गरेर आकर्षक बनाइने नगरपालिकाले जनाएको छ । रासस