२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय ग्राहक कालो सूचीमा



अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।

कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।

कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट रु एक लाख ८४ हजार ६९२ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ ।

वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट रु ३८ करोड २९ लाख २४ हजार ६९४ बक्यौता असुल गर्न बाँकी रहेको छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन ९घरायसी०को रु सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको रु दुई करोड १९ लाख २५ हजार ६३२ रहेको छ । सिँचाइको रु दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको रु ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको रु ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि रु ३७ लाख १० हजार १३६ र खानेपानी रु १० लाख ९५ हजार ११४ बक्यौता रहेको छ ।

यस्तै अस्थायी बत्तीबापत रु चार लाख २३ हजार ३२९ र मठ मन्दिरको रु दुई लाख २३ हजार ३१८ रहेको छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको छ । सडक बत्तीबापत रु २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी रहेको छ । रासस