२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिस्चितकालिन बाटो बन्द



अ+ अ-

नवलपरासी । सुस्ता पुर्ब नवलपरासिको गैडाकोट १० का स्थानिय बासिन्दाले अनिस्चितकालिन बन्द गर्नुको साथै एक ट्याकटर कब्जा छन् । गोर्खा ब्रुअरि कम्पनिबाट निस्किने प्रदुषण बाट स्थानिय जनताले सास्ती खेप्नु परेको छ ।

सुस्ता पुर्ब नवलपरासिको गैडाकोट १० पितौजिमा रहेको गोर्खा ब्रुअरि कम्पनिबाट निस्किने धुवाले बातावरण प्रदुषण हुनुका साथै स्थानियबासिन्दाले सडकमा हिड्दा नाक मुख समेत थुन्नुपर्ने बाध्यता रहेको थियो । पटक पटक जनताले बिभिन्न किसिमका आन्दोलन गर्दै आएपनि स्थानिय केहि नेतालाइ किनेका कारण जनताको माग हाल सम्म सुनवाइ नभएपछि हामीले यो निर्णय लिन पुगेको एक स्थानियले बताएका छन ।

स्थानियले बाटो बन्दपद्धि घटना स्थलमा पुगेका गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाइ समेत घेरा हालेको थियो । मेयर पौडेलले भोलि कम्पनि र जनताबिच बार्ता गराउने हाम्रा स्थानिय रिपोर्टर बिबि खराललाइ जानकारी दिएको बताए । आज बिहानपनि गोर्खा ब्रुअरिको ट्याकटरले कम्पनिको दिशा जनताको आगानहुदै छर्दै हिडेसि उक्त ट्याकटर जनताले कब्जा गरि गोर्खा ब्रुअरि छिर्ने बाटो अनिस्चितकालिनको लागि बन्द गरिदिएसि उत्पन्न समस्या बुझ्न घटना स्थलमा पुगेका मेयर स्वयम उक्त प्रदुषण बाट खप्न नसकेसि मुख छोपि घटना स्थलमा पुगेका थिए ।

स्थानिय जनताले गोर्खा ब्रुअरि बाट निस्केका प्रदुषण रोक्न सरकार र सरोकारहरुलाइ बार बार आग्रह गर्दै आन्दोलन गरेतापनि उक्त सुनवाइ नभएको र स्थानिय नेताहरु पैसामा बिकेकाले आफुहरुले गन्धको काराण खाना सम्म खान नसकेको एक बृद्दा महिलाले बताइन । उक्त स्थानमा बहुरास्ट्रीय कम्पनि गोर्खा ब्रुअरिले carls berg,Tuborg,gorkha,dragen sanmigule गरि ५ पियपदार्थ बिअर उत्पादन गर्दै आइरहेको छ ।