२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने दाउमा शृंखला



अ+ अ-

काठमाडौं । दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरी’को १०औं स्थान ओगटेकी श्रृंखला खुल्न थालिन, ‘त्यो त राजनीति मेरो उद्देश्य होइन, यसमा आउने रहर इच्छा दुवै छन् ।’

राजनीतिक पृष्ठभूमिमा हुर्किएकी शृंखलाभित्र ‘विश्व सुन्दरी’को ताज मुलुक भित्र्याउने बलियो आशा थियो । ‘तर दुर्भाग्यवश त्यो सपना पूरा हुन सकेन’, पेशाले आर्टिटेक्ट इन्जिनियर’ शृंखला बुधबार स्वदेश फर्किएकी हुन् ।

‘ताज ल्याउने आत्मविश्वासले दशभित्र अटाएँ तर प्रधानमन्त्री बन्ने सदावहार उमंगबाट हार खाएकी छैन् । त्यो म बनेरै छाड्छु’ विहीबारको रेष्टपछि शुक्रबार पत्रकारमाझ झुल्केकी शृंखलाले अभिनयबारे पनि स्पष्ट सुनाइन्, ‘त्यो क्षेत्रमा लाग्ने कुनै योजना छैन । आजको राजधानी दैनिकमा खबर छ ।