२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महासमितिको भेला प्रभावित, विधानमै कचिंगल



अ+ अ-

काठमाडौं । कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ।

सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी नै रहेको छ ।
पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला आज शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु भएको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।