२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको सम्पतीमाथी सांसदको गिद्दे नजर, घर छैन भन्दै पैसा कुम्ल्याउदै



अ+ अ-

काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् ।

भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा घर छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको छ ।