२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३५ भन्दा बढी हताहतको आशंका (अपडेट)



अ+ अ-
दुर्घटनामा घाइतेको उद्धार गरिँदैः रासस

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो ।

मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ ।

दुर्घटनामा घाइतेको उद्धार गरिँदैः रासस

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो ।

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ ।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो ।