२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकहत्तर वर्षमा नागरिकता



अ+ अ-

ओखलढुङ्गा । यहाँको रावादोलुुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाउनुभएको छ ।

अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाउनुभएकी उहाँले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता पाउनुभएको हो । गाउँमै शिविर आएपछि मैयाँले नागरिकता पाएको आफन्त डम्बरबहादुर खड्काले बताउनुभयो । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।

उहाँजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासीले खुशी भएका थिए । जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५२७ नागरिकले सेवा लिएका प्रजिअ यौपानेले जानकारी दिनुभयो । शिविरमा १३४ ले नागरिकता लिएका र २१६ ले स्वास्थ्य जाँच गराएर औषधि लिएका छन् । यस्तै सात जना व्यवसायीले व्यवसाय दर्ता गराएका र मतदाता नामावलीमा १७० ले अभिलेख दर्ता गराएका छन् । रासस