२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक संरचना निर्माणमा नदीजन्य वस्तुको अभाव



अ+ अ-


राँझा । नदीजन्य वस्तुको अभावका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा अवरोध भएको छ । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक पर्ने नदीजन्य उत्पादन ग्राभेल, गिटी र बालुवा निकासी गर्न रोक भएका कारण निर्माणको काममा अवरोध भएको प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष तथा भौतिक पूर्वाधार निर्माण तथा खेल स्थल तयारी उपसमिति संयोजक भीम ओलीले बताउनुभयो ।

उहाँले रङ्गशालामा ट्र्याक बनाउनमात्र चार हजार १०० घनमिटर ग्राभेल आवश्यक परेको अवस्थामा नदीजन्य वस्तु निकासी बन्द भएका कारणले भौतिक पूर्वाधारको निर्माणमा समस्या भएको गुनासो गर्नुभयो । नेपालगञ्ज रङ्गशालालाई पहिलो प्राथमिकतामा राखेर निर्माणको काम भइरहेको ओलीको भनाइ छ ।

“आठौँ राष्ट्रिय खेलकूद पनि राष्ट्रिय गौरवको कार्यक्रम भएकाले रङ्गशाला निर्माणमा आवश्यक पर्ने ग्राभेल सोहीअनुसार उपलब्ध गराइदिन जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार गुहार्दा गुहार्दै उद्घाटनको दिन आउन लागिसक्यो तर सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको औसत ६५ प्रतिशत निर्माण पूरा भएको बताइएको छ । बाँकेको सीतापुरमा निर्माण भइरहेको भलिबल एकेडेमी, कोहलपुरस्थित क्रिकेट मैदान, नेपालगञ्जस्थित ह्याण्डबल कोर्ट, बर्दियाको बासँगढीस्थित कबडी हल, बर्दियाको गुलरियास्थित एथलेटिक्स ट्र्याक, नेपालगञ्जस्थित फुटबल मैदान र एथ्लेटिक्स ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ३५ वटा संरचना निर्माण भइरहेका छन् । प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष ओलीले, बाँकेमा नौ, बर्दिया, दाङ र रुपन्देहीमा चार÷चार तथा कपिलवस्तु र पाल्पामा एक÷एक भौतिक संरचना निर्माण भइरहेको उल्लेख गर्नुभयो । रासस